बेस्ट फाइनान्सको ११ प्रतिशत नाफा घट्यो « Arthapath.com
९ माघ २०७८, आईतवार

बेस्ट फाइनान्सको ११ प्रतिशत नाफा घट्यो



काठमाडौं । बेस्ट फाइनान्स लिमिटेडको चालुआर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ११.०६५ प्रतिशत घटेर १४ करोड २ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सले १५ करोड ७६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सको खुद व्याज आम्दानी ५०.४० प्रतिशत बढेर २३ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा फाइनान्सको ४ करोड ४ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो ।

फाइनान्सको खुद फि तथा कमिशन अम्दानी ५७.६० प्रतिशत बढेको छ । यस अवधिमा फाइनान्सको खुद सञ्चालन मुनाफा वृद्धि भएर २३ करोड २५ लाख रुपैयाँ र वितरण योग्य मुनाफा २५ करोड ८ लाख रुपैयाँ ऋणात्मक छ ।

फाइनान्सको चुक्ता पूँजी ८२ करोड ८९ लाख १३ हजार रुपैयाँ र जगेडा कोष ३६.०४ प्रतिशत बढेर ५६ करोड ३२ लाख रुपैयाँ, निक्षेप ९.७५ प्रतिशत बढेर ३ अर्ब २५ करोड २३ लाख ९९ हजार रुपैयाँ र कर्जा ४६.२२ प्तिशत बढेर २ अर्ब ६१ करोड २९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८३ पैसा पुगेको छ । गत आर्थिक वर्षको पौष मसान्तसम्ममा २४ रुपैयाँ २१ पैसा प्रतिशेयर आम्दानी रहेको थियो । फाइनान्सको मूल्य आम्दानी अनुपात १५.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्