टर्‍यो सम्भावित लोडसेडिङ जोखिम, नेपाललाई भारतले तिन महिना विद्युत् दिने « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

टर्‍यो सम्भावित लोडसेडिङ जोखिम, नेपाललाई भारतले तिन महिना विद्युत् दिने



काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । योसँगै हाललाई सम्भावित लोडसेडिङ जोखिम पार लागेको छ ।

नेपाल र भारतबीचको सम्झौता यही आइतबार अर्थात् मार्च १८ मा सकिँदै थियो । तर, सम्झौता अवधि सकिन केही दिन बाँकी रहँदै नविकरण भएको हो । उक्त सम्झौता आगामी वर्ष २०८१ को असार दोस्रो सातासम्मका लागि मात्रै भएको हो । प्राधिकरणले भारतबाट विजुली आयातलाई निरन्तरता दिन नसके नेपालमा लोडसेडिङ हुने जोखिम बढेको थियो । तर, तीन महिनालाई भने साम्य भएको छ।

अब थप तीन महिनाका लागि नेपालले प्रतिस्पर्धा बजारबाट विद्युत आयात गर्न पाउने छ । यद्यपि, यो एक वर्षका लागि हुनुपर्ने थियो ।

यो पनि,

भारतले विद्युत् परिमाण पनि घटाएको छ । प्राधिकरणका अनुसार ५५४ मेगावाट विद्युत् आयात गर्न पाइने भएको छ । त्यसमध्ये ५०० मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने छ । तर, हाल भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्