काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेड बिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता भएको छ । आज (चैत्र २०) गते सम्झौतामा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्