काठमाडौं । वाणिज्य बैंकहरुले आज (फागुन १ गते) देखि नयाँ ब्याजदर लागू गरेका छन् । माघको तुलनामा बैंकहरुको ब्याजदर घटेको छ । फागुनमा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपमा औषत शून्य दशमलव ४० प्रतिशत बिन्दु घटेको छ । योसँगै फागनुमा व्यक्तिगत मुद्दति निक्षेममा बैंकहरुको औषत ब्याजदर ७.७५ प्रतिशत कायम भएको छ ।