काठमाडौं । सहकारीको रकम अपचलन गरी विदेश फरार व्यक्तिलाई स्वदेश फर्काउन सहकारी छानबिन संसदीय समितिले दिर्नेशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृह मन्त्री रमेश लेखकसँग सहकारी समस्याका विषयमा छलफल गरेको थियो । सोही बैठकले सहकारीको रकम हिनामिना गरि विदेश लुकेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिइएको हो ।