काठमाडौं । कर्जाको ब्याजदर घट्ने सिलसिला निरन्तर चलिरहेको छ । एक वर्षको अवधिमा नै झन्डै तीन प्रतिशत बिन्दुले कर्जाको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ९ प्रतिशत बिन्दुबाट तल झरेको छ । नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको आँकडाले र्यस्तो देखाएको हो ।