काठमाडौँ । स्टारलिंकले अफ्रिकामा अवतरण गरेको दुई वर्षभन्दा कम समयमा नै पुरा महाद्वीपको दूरसञ्चार बजारलाई तरङ्गित पारिदिएको छ । संसारकै सबैभन्दा धनि व्यक्ति इलोन मस्कको कम्पनी स्पेस एक्सले विकसित गरेको यस स्याटेलाइट इन्टरनेट सेवाको विस्तार असाधारण तीव्र देखिएको छ । यसले अफ्ना प्रतिस्पर्धीहरुको तुलनामा ज्यादै छिटो ‘कनेक्सन’ बढाउँदै लगेको छ