९ श्रावण २०८३, शनिबार

Banner First

जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रको ‘उदासी चित्र’: ‘दोस्रो संकट’तर्फ होटलहरु, कसरी सम्भव छ पुनरुत्थान ?

काठमाडौं । गत भदौ २३ र २४ गते देशभर एकाएक चर्किएको जेनजी आन्दोलनले नेपालका होटल तथा पर्यटन व्यवसायलाई पुन: असहज अवस्थामा पुर्‍याएको छ । कोभिड महामारी र आर्थिक मन्दीको लामो दबाबबाट बिस्तारै उठ्दै गरेको पर्यटन उद्योगले स्थानीय बजारमा आशा देखाउन थालेको थियो । तर, आन्दोलनले पुनरुत्थानको गतिलाई एकाएक रोकिदिएको छ