काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । कम्पनीले पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । सीईओ पोखरेलले आज नै कार्यभार सम्हालेका हुन् । पोखरेललाई सीईओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती प्रदान गरेको थियो