काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर नै छ ।