९ श्रावण २०८३, शनिबार

बजार

असोजमा आएर बढ्यो आयात, अर्थतन्त्र थप गतिशील हुन थालेको संकेत

काठमाडौं । आर्थिक वर्षका सुरुआति महिनाहरुमा आयातमा आएको संकुचनले बढाएको निराशालाई तेस्रो महिना अर्थात् असोजमा केही राहत मिलेको छ । तीन महिनाको आँकडा हेर्दा गत सालभन्दा यो वर्ष आयात बढेको देखिएको छ । भन्सार विभागले हालै प्रकाशन गरेको तथ्यांक अनुसार गत असोज मसान्तसम्म नेपालले ४ खर्ब ७ अर्ब ७६ करोड