काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष को बन्ला भन्ने चर्चासँगै तिनको कार्यकाल कति महिनाको होला भन्ने विषयबारे पनि बहस सुरु भएको छ । संसद् नै विघटन भएको अवस्थामा प्रस्तावित बीमा ऐन, २०७५ आउँन समय लाग्ने भएकाले विद्यमान कानुनअनुसार नै नयाँ अध्यक्ष चयन हुने भएपछि कार्यकाललाई लिएर चर्चा सुरु भएको हो