समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ