काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई ३ कराेड १५ लाख ७८ हजार ९४७ रूपैयाँ बाड्ने छ। मंसिर १०