हेटौँडा। हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी