काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । तीन दिनसम्म चलेको सनुवाइ आजबाट सकिएको हो । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ