काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले यस्तो भनेका हुन्। ‘सन् १८१६ मा भएको सुगौली सन्धिलाई भारतले भुल्नु हुँदैन। त्यसयता भएका पटक पटकका सन्धि सम्झौताले लिम्पियाधुरायताको सबै भूभाग नेपालको भन्ने कुरा प्रष्टसँग बोलेका छन्’,