ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँशाखा रहित बैंकिङ्सेवाको शुरुवात « Arthapath.com
२० श्रावण २०७७, मंगलवार

ग्लोबल आइएमई बैंकद्वारा थप २ नयाँशाखा रहित बैंकिङ्सेवाको शुरुवात



काठमाडौं । ग्लोबल आइएमई बैंकले झापाको साधुटार र खोटाङको जल्पामानयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।


बैंकले झापा जिल्लाको अर्जुनधारानगरपालिका वडा नं. १, साधुटारर खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी गाँउपालिका वडा नं. १२, जल्पामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा सहित बैंकको शाखारहित बैंकिङ्ग सेवासंख्या २०३ पुगेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।


यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।


कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेका बैंकले जनाएको छ ।


ग्लोबल आइएमई बैंकको नेपालभर७० वटा जिल्लामा फैलिएको २५७शाखा,३९ एक्सटेन्सनतथा राजश्व संकलनकाउण्टर, २०३ शाखा रहित बैंकिङ्ग सेवा, २३४ एटिएम र देश बाहिर ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फतआफ्ना २० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदानगर्दैआइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्