रिलायन्स लाईफ इन्स्योरेन्सको कामु सिईओमा कँडेल « Arthapath.com
१३ पुष २०७८, मंगलवार

रिलायन्स लाईफ इन्स्योरेन्सको कामु सिईओमा कँडेल



काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेनसको कामु सिईओमा कँडेल नियुक्त भएका छन् । इन्स्योरेन्सले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ) मा नीराजन कँडेल नियुक्त गरेको हो ।

पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सिइओ प्रवीण रमण पराजुलीको ४ वर्षे कार्यकाल सकिएकाले अर्को व्यवस्था नभएसम्मका लागि इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सका सिइओ प्रवीण रमण पराजुलीको ४ वर्षे कार्यकाल हिजोबाट सकिएको हो । कँडेल आजैबाट इन्स्योरेन्सको कामु सिइओ बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्