छोराको पास्नीमा मगर दम्पत्तिले दिए रिलायवल नेपाल लाइफको बीमा पोलेसी उपहार « Arthapath.com
६ असार २०८०, बुधबार

छोराको पास्नीमा मगर दम्पत्तिले दिए रिलायवल नेपाल लाइफको बीमा पोलेसी उपहार



काठमाडौं । मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोरालाई पास्नीको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोरा बिहान थापा मगरलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी उपहार दिएका हुन् ।

उक्त पोलिसी भुरिगाउ शाखा कार्यालयकी अभिकर्ता प्रमिला ढकालको सहकार्यमा भुरिगाउ शाखाका प्रमुख मोहन बहादुर बोहराले घरमै गइ बीमा पोलिसी हस्तन्तरण गरेका थिए । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

हरेक आमा वुवाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो र त्यो निर्माण गर्ने क्रममा आर्थिक असहजता खेप्नु नपरोस भन्ने मुल्याङकन गरि पनि बच्चाहरुको बीमा बेलैमा गर्दा राम्रो हुने बल बहादुर थापा मगरले बताए । कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् ।

जसमा घातक रोग सुबिधा , अशक्त अपागं भत्ता सुबिधा , साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधाहरु रहेको कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्