राष्ट्रिय बीमा कम्पनी: सीईओ रिक्त भएको डेढ महिनापछि नयाँ नियुक्तिका लागि प्रक्रिया थालियो « Arthapath.com
२४ माघ २०८०, बुधबार

राष्ट्रिय बीमा कम्पनी: सीईओ रिक्त भएको डेढ महिनापछि नयाँ नियुक्तिका लागि प्रक्रिया थालियो



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने प्रक्रिया अघि बढेको छ ।

कम्पनीले बुधबार एक सूचना प्रकाशित गरेर नयाँ सीईओका लागि आवेदन माग गरेको छ । रिक्त सीईओ पदमा इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी २१ दिनभित्र निवेदन दिइसक्न भनिएको छ ।

कम्पनीले बीमा क्षेत्रमा १० वर्ष काम गरेर र ६५ वर्ष ननाघेको व्यक्तिले सीईओका निम्ति आवेदन दिनसक्ने भनेको छ ।

बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरेको व्यक्तिले मात्रै आवेदन दिन पाइने सूचनामा उल्लेख छ ।

निवर्तमान सीईओ शेखर बरालले गत १२ मंसिरमा राजिनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो । अहिले उक्त कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुवास कोइरालाले पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्