सनराइज बैकंका ग्राहकले खाना र नास्तामा १०प्रतिशत छुट पाउने « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

सनराइज बैकंका ग्राहकले खाना र नास्तामा १०प्रतिशत छुट पाउने



काठमाडौं । सनराइज बैकं सुदूरपश्चिम प्रदेश कार्यालयका ग्राहकहरुलाई बेल्स क्याफे धनगढीमा खाना र नास्तामा विशेष छुट दिने समझौता भएको हो ।

समझौता अनुसार सनराइज बैकंका ग्राहकले बेल्स क्याफेमा खाना तथा नास्तामा १० प्रतिशत छुट पाउने छन् ।

सनराइज बैकं सुदूरपश्चिम प्रमुख सुरेन्द्र बहादूर शाही र बेल्स क्याफेका प्रबन्धक घनश्याम जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४६ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्