हालसम्मकै ठूलो ८ अर्बको शेयर निष्काशन गर्ने प्रस्ताव पारित « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

हालसम्मकै ठूलो ८ अर्बको शेयर निष्काशन गर्ने प्रस्ताव पारित



काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको दोस्रो साधारण सभा बुधबार सम्पन्न भएको हो । बैंकको साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ ल्याउने पक्का भएको छ ।

उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७६÷७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।

मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको हो । बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्