हिमालयन डिष्टीलरीको सीईओमा पोखरेल नियुक्त « Arthapath.com
१९ मंसिर २०७७, शुक्रबार

हिमालयन डिष्टीलरीको सीईओमा पोखरेल नियुक्त



काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश प्रसाद पोखरेललाई नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सिईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि नियुक्ती गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनी सचिवको जिम्मेवारी समाल्दै आएका नेत्र प्रसाद तिम्सीनालाई विसं २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले सूचना मार्फत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्