बीएफआईएनले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त « Arthapath.com
२६ चैत्र २०७७, बिहीबार

बीएफआईएनले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त



काठमाडौं । बीएफआईएनले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बीएफआईएन) ले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।

बीएफआईएनले १ सय रुपैयाँ अंकित दरले ५५ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । बिहीबार आइर्पीओ निष्काशन गर्नका लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।

यससम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा। विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्