वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन « Arthapath.com
८ चैत्र २०७९, बुधबार

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा सूचीकृत सुरु, हालसम्म ३० अर्ब रुपैयाँ कोषलाई योगदान रकम संकलन



काठमाडौं । बैदेशिक रोजगारीमा रहेका तथा बैदेशमा स्वारोजगारमा रहेका श्रमिक आज (चैत ८ गते) देखि सामजिक सुरुक्षा कोषमा सूचीकृत सुरु भएको छ । छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा काठमाडौंमो सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो ।

स्विकृत कार्यविधि बमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा नेपाल सरकारवाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम २ हजार २ रुपैषँ मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु संचालनमा ल्याएको छ।

नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु वा विदेशमा रहि पुनस् श्रम स्वीकृति लिन चाहने व्यक्तिहरुका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणाली बाटै सामाजिक सुरक्षा योजनामा आवद्ध हुने व्यवस्था गरिएको छ । यसका साथै श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरुले कोषको वेभसाइटमार्फत सूचिकृत हुन सक्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको सामाजिक सुरक्षा कोष कोषका कपिलमणि ज्ञवालीले जानकारी दिए । उक्त योजना सुरुवातले बैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरुलाई ठूलो राहत हुने उनको भनाइ रहेको थियो ।

कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको समेत उनले बताए । नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् ।

हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो ।

सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नको लागि चौबिसै घण्टा खुल्ला रहने गरि कोषको कल सेन्टर र सामाजिक सञ्जालहरुको व्यवस्था गरिएको छ।यसका अतिरिक्त गैर आवासीय नेपालीहरुको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भर्इसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरुबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आवद्ध हुन थप सहजीकरण हुनेछ । विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेश स्थित कार्यालयहरुवाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ। गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका २० लाख श्रमिक सामाजिक सुरक्षा कोसमा आवद्ध हुँदा १ खर्ब रुपैयाँ नेपाल भित्रिने बताएका छन् ।

उक्त कोषमा आवद्ध हुन महिनाको २ हजार २ रुपैयाँ बुझानु पर्ने छ । जसमा ७०२ रुपैयाँबाट दुर्घटना पर्दा उपचार खर्च बापत वार्षिक १ लाख रुपैयाँ प्रदान गरी ज्ञवालीले बताए । अशक्क्त भएका आ ५ हजार ६३५ रुपैयाँ मासिक औषधी उपचार बापत र मृत्यु भएमा काजक्रिया खर्च बापत एकमुष्ट २५ हजार र आश्रीत परिवारको श्रीमान वा श्रीमतिलाई आधाभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक ३ हजार ७७४ र सन्ततीलाई शैक्षिक वृद्धि बापतको आधारभूत तलबको ४० प्रतिशतले हुन आउने वार्षिक ३ हजार ७७४ रुपैयाँ (२१ वर्षसम्म) प्रदान गरीनेछ ।

साथै, आगामि दिनहरुमा उक्त योजनाहरुलाई थप सुधार र गुणस्तरिय बनाउदैं लैजाने ज्ञवालीको भनाइ रहेको थियो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा गएका युवाले देशको अर्थतन्त्रमा पुर्याएको योगदानलाई आफुले सधै सम्मान गर्ने बताएका छन् । साथै सामाजिक सुरुक्षा कोषमा अन्य क्षेत्रका ब्यक्तिलाई पनि आवद्ध गर्ने बाटो खुला गर्ने उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्