महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना, विद्युतीय सवारी खरिदमा सहयोग गर्ने « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना, विद्युतीय सवारी खरिदमा सहयोग गर्ने



काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय प्रा.लि. र रायन इनजी प्रा.लि. को सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।

बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि. ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।

उक्त सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने जनाइएको छ।

साथै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपुर्ण उदाहरणको रुपमा रहनेछ ।


प्रतिक्रिया दिनुहोस्