पोखारमा हालै संचालनमा आएका बिगमार्टमा माछापुच्छ्रे बैंकको कार्ड मार्फत कारोबार गर्दा १० प्रतिशत छुट « Arthapath.com
३० फाल्गुन २०८०, बुधबार

पोखारमा हालै संचालनमा आएका बिगमार्टमा माछापुच्छ्रे बैंकको कार्ड मार्फत कारोबार गर्दा १० प्रतिशत छुट



काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १० प्रतिशत वा बढिमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने छन् ।

यसका साथै क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी शाखामा उपलब्ध हुनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्