सिद्धि हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

सिद्धि हाइड्रोको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल



काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेड आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

उक्त प्रयोजनका लािग सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्