२ इन्स्योरेन्स सहित ४ कम्पनिमा रोजगारीको अवसर, पल्स टु उतीर्णले पनि आवेदन दिन पाउने « Arthapath.com
२ पुष २०७८, शुक्रबार

२ इन्स्योरेन्स सहित ४ कम्पनिमा रोजगारीको अवसर, पल्स टु उतीर्णले पनि आवेदन दिन पाउने



काठमाडौं । ४ कम्पनिले कर्मचारी मागेको छन् । २ इन्स्योरेन्स कम्पनि र २ अन्य कम्पनिले विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन । शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल प्रज्ञा प्रतिष्ठान र डिप्रोक्स लघुवित्तले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना र प्रज्ञा प्रतिष्ठानले ६ जना कर्मचारी माग मागेको छ । यी सरकारी स्वामित्वका कम्पनिमा खुला र समावेशी समूहबाट आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।

त्यसैगरि शिखर इन्स्योरेन्सले व्यवस्थापन तहमा तीन जना र केही संख्यामा प्रशिक्षार्थी कर्मचारी माग गरेको छ । डिप्रोक्स लघुवित्तले पनि केही प्रशिक्षार्थी सहित ६ जना व्यवस्थापन तहका कर्मचारी माग गरेको हो ।

उमेर तथा योग्यता पुगेको व्यक्तीले सम्बन्धीत कम्पनिको वेवसाइटमा गएर अनलाईन आवेदन दिन सक्नेछन् । कम्तिमा पलस टु उतीर्णदेखि स्नातकोत्तर सम्म योग्यता हुनेहरुले आवेदन दिन पाउने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्