अर्को व्यवस्था नभएसम्म स्थानीय तहका कर्मचारीको सरुवा रोकियो « Arthapath.com
८ पुष २०७८, बिहीबार

अर्को व्यवस्था नभएसम्म स्थानीय तहका कर्मचारीको सरुवा रोकियो



काठमाडौं । स्थानिय तहका कर्मचारी सरुवा रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा रोकेको छ । आउदो स्थानीय तहको निर्वाचनलाई लक्षित गदै मन्त्रालयले तत्काललाई कर्मचारी सरिुवा स्थगित गरेको हो ।

मन्त्रालयले आज एक सुचना जा्री गदै अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने स्थगित गरिएको छैन ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभए सम्मको लागि मङ्गलवारको मन्त्री स्तरीय निर्णयबाट स्थगित गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्