३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान « Arthapath.com
२ चैत्र २०७८, बुधबार

३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान



काठमाडौं । लोकसेवा आयोगले ३ सय जना स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो ।

दरखास्त आह्वान अनुसार खुलामा १६५ जना मागेको छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा ७ र पिछडिएका क्षेत्रमा ५ जना स्टाफ नर्स मागेको हो ।

आवेदकले चैत्र २२ गतेभित्र फाराम भरिसक्नुपर्नेछ । दोब्बर दस्तुरमा भने चैत्र २९ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा अनलाइनमार्फत् १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्