सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, प्रतिसेयर आम्दानी २०.२९ रुपैयाँ « Arthapath.com
३ मंसिर २०७७, बुधबार

सिद्धार्थ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, प्रतिसेयर आम्दानी २०.२९ रुपैयाँ



काठमाडौं । सिद्धार्थ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा सिद्धार्थले ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा ५.७७ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो । सिद्धार्थले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, कम्पनीको खुद बिमा शुल्क २७ करोड ६८ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । बिमा कोष ६८ करोड ८५ लाख रुपैयाँबाट बढेर ८५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । सिद्धार्थले असोजसम्म २५ करोड ५६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम ९८ करोड ९० लाख रुपैयाँ छ ।

हाल यसको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ छ । यसले महाविपत्ति कोषको लागि ९ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ८५ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्