निर्जिवन बीमा कम्पनीको पुँजी बढाउनुपर्ने कुरामा बृहत अध्यायन हुनुपर्छ « Arthapath.com
२९ मंसिर २०७७, सोमबार

निर्जिवन बीमा कम्पनीको पुँजी बढाउनुपर्ने कुरामा बृहत अध्यायन हुनुपर्छ



शुनिल बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत, एनएलजी इन्स्योरेन्स कम्पनी लि.

तपाई आएपछि बिजनेश ग्रोथ घटे जस्तो देखिन्छ, जुन रुपमा बढ्नु पर्ने हो त्यो नबढेको हो ?

खै तपाँइहरु जस्तै साथीभाईहरुले यति प्रतिशतको बीमाको अभिबृद्धिको कुराहरुको बारेमा पत्रपत्रिकामा लखेका छन् । त्यसैले यसमा यथार्तमा पनि बीमाको ग्रोथ बढीरहेको छ । गत बर्षको हकमा यस बर्ष पहिलो त्रैमासमा २९ प्रतिशतले ब्यवसाय बृद्धि भएको छ । हामीहरु उत्साहित भएका छांै । ओभरल बीमा इण्डष्ट्रिको पनि व्यवसाय बृद्धि भएको छ । कोरोनाको कहरमा एउटा मात्र इण्डष्ट्रि जसले आफ्नो साइज पनि बढाएको छ । साइज बढाउने क्रममा एनएलजी अलिकति अग्रणी स्थानमा व्यवसाय गर्न सफल भएको छ ।

लगानीकर्ताले यस अगाडी पाइरहेको डिभिडेण्ट घट्दोक्रममा छ, पहिलेकै रेस्योमा दिन सक्छ ?

हिजो मात्रै बीमा समितिबाट नयाँ निर्देशिका एनएफआरएस लागु गरिएको छ । त्यसलाई अध्यायन गर्नुपर्ने पनि छ हामीहरुले । पुरानो र यो नयाँ फम्र्याटले अतिरिक्त लाभको सृजना हुन्छ भन्ने कुराको एकिन गर्न सकिने नभएकाले ठ्याक्कै कस्तो किसिमले हाम्रो कस्तो हुन्छ भन्न सकिन । हाम्रो पोजिशन, हामीले जुन हिसाबले पहिला सेयरधनीहरुलाई दिइरहेका थियौं न्यूनतम दिनलाई वा नघट्नेगरि हामीले कार्य गरिरहेका छौँ ।

कोरोनाले गर्दा ननलाइफ इन्स्योरेन्समा पुरै समस्या पार्यो भन्ने छ नी खासमा के हो ?

त्यस्तो खासै छैन । मलाई खास लाग्दैन त्यो कुरा किनभने यसमा सम्पूर्ण जीवन बीमा कम्पनी, बीमा समिति र अर्थ मन्त्रालयले यो कोरोना बीमालाई कसरी व्यवस्थापन गर्ने भन्ने सहमति रहेको छ । त्यो अवस्थामा राज्यले पनि त्यसलाई व्यवस्थित गर्छु भनेको छ । त्यसैले यसले हामीलाई अषर, अप्ठ्यारो वा गाह्रो पार्छ भनेर मलाई लाग्दैन । यसमा बीमा कम्पनीहरु, पुर्नबीमा कम्पनी, बीमा समिति र राज्यले कति–कति दायित्व लिने भन्ने कुरा निदृष्ट रहेको अवस्थामा नीर्जिवन बीमालाइ असर पार्छ भनेर मविश्वास गर्दिन ।

संसारमा कँहि नभएको महामारिको बीमा गराएर यो बीमा गराउनु नै गलत थियो त ?

इनोभेसट भनेको के हो ? इनोभेशन भनेको समृद्धि राष्ट्रले मात्रै गर्ने हो त ? त्यो त होइन नी । समृद्धि राष्ट्रले कसरी पाउँछ । बीमाहरुले पनि महामारीको बेलामा पनि एउटा मोडल निकालेर सामाजिक उत्तरदायित्व अन्तर्गत शिद्धान्तको आधारमा महामारीको पनि यस्तो व्यवस्थाको परिकल्पना गरेको हो नी । अन्तराष्ट्रिय जगतमा पनि हामीहरुले विभिन्न स्टक होल्डरहरुले यस्तो पनि हुन सक्दो रहेछ है, यो पनि एउटा नयाँ किसिमको अपरच्युनिटि हुनसक्दो रहेछ । आज त कोरोनाको मात्रै छ तर भविष्यमा हुन सक्नेहरुका लागि हामीले अहिले प्रिमियम आर्जन गर्न पनि सक्दो रहेछौँ । हामीले हिजो सन्देशमुलक दिएर, अन्तराष्ट्रिय बजारमा नेपालको पोलिशीलाई जानकारी गराउन सके भने बीमा उद्योग र नेपाली बीमा उद्योगको लागि असाध्यै गरिमामय हुने मैले ठानेको छु ।

६ सयको प्रिमियम लिएर १ लाख रुपैयाँ भुक्तानी दिएर कम्पनी सस्टेन्ट हुन्छ ?

२ रुपैयाँ प्रिमियम लिएर हाइड्रो पावरको प्रिमियम लिएर हजार रुपैयाँको दायित्व लिएर राजि भएको कम्पनी सष्टेन हुन्छ ? यो सामान्य शिद्धान्त हो यो । हामीसंग कुनै हिस्ट्री डाटामा नभएको अवस्थामा एउटा विश्वको नीति लिएर गरेका थियौँ । त्यसलाई पुनरालोकन बेला बेला गरिरहेको अवस्थामा हामीलाई इतिहासले गलत, भूल गरिस भनेर लान्छना लगाउनु भनेको ठिक होइन । बरु यसलाई सुधार कसरि गर्न सकिन्छ ? सबै स्टक होल्डरहरु, सबै पक्षहरुले, सकारात्मक सुझावहरु अगाडी आयो भने चाहिँ बीमाका लागि राम्रो हुने थियो । अहिले जसरी जनचेतना बृद्धि भएको छ, त्यसले पनि नेपालमा अर्काे बर्ष जीडिपीमा र यसको पहुँचमा ठूलो फड्को मार्छ जस्तो मलाई लाग्छ । त्यसमा पत्रकारको ठूलो भूमिका रहेको हुन्छ ।

बीमाको दावी भुक्तानी ढिला सुस्ति भइरहेको छ, भनेर गुनासो आउँछ, बीमा गरेपछि दावी दिनु पर्दैन ?

पर्छ । दिइरहेको छ नी । भुक्तानी गरिरहेको छ । बीमा गरेपछि दावी अवश्य पाइन्छ । त्यसको लागी सर्त अनुसारको कागजात हुनुपर्छ ।

अर्थ मन्त्रालयले ३ दिनभित्र दिनु भनेको छ नी ?

हो त । अर्थ मन्त्रालयले भनिरहेको छ । तपाईले बीमा गर्नु भएको छ वा छैन मलाई थाहा छैन । बीमा गरिसकेपछि दावी बीमाको लागि सटेन प्रक्रिया र सर्टेन पार्ट आवश्यक हुन्छ । यो दावी बीमाको लागि ५÷६ वटा नीति नियम बनाइएको छ । कपि पेस्ट गर्नुपर्ने छ । त्यो ५/६ वटा कागजात पेश गरिसकेपछि त्यसलाई भेरिफिकेशनको लागि स्वास्थ्य मन्त्रालयमा जान्छ । स्वास्थ्य मन्त्रालयबाट भेरिफिकेशन आएको कुनै पनि फच्र्याैट नभएर बसेको अवस्था छैन । यो प्रक्रियालाई त सबैले मान्नु पर्यो नी ।

७० प्रतिशत भन्दा बढी मान्छेलाई कोभिड भएर उ रिकभर भएर आइसक्यो, अव दावी त धेरै नै पर्ने वाला छन्, यसले कम्पनीलाई लस हुँदैन ?

मैले अघि नै भनिसके । हरेक सिमानान्तर लिमिटहरु छन् कति सम्मको दावी कसले ब्यहोर्ने भन्ने कुरा एउटा निश्चित मापदण्ड बनाइएको छ । त्यसले म्याक्सिमम् हदसम्म पनि दायित्वसम्म पर्ने सबैलाई थाहा छ । त्यसले कम्पनीलाई असर पर्दैन । तर त्यो सबै कुराहरुलाई जसले जति दायित्व लिन्छु भनेर बसेका छन् त्यो दायित्व पुरा गर्नको लागि पछि हट्नु भएन ।

एनएलजीलाई कति घाटा लाग्छ ?

अहिले सरसर्ति हेर्दाखेरि कुनै पनि कम्पनीलाई घाटा हुँदैन जस्तो मैले देखेको छु । यसमा एनएलजीलाई पनि त्यहि नै लस हुन्छ, प्रोफिट भन्ने कुरा नै हुँदैन । लस भयो भने एनएलजीलाई पनि त्यहि नै हुन्छ, अरु कम्पनीलाई पनि त्यहि नै हुन्छ । आजको स्थितीसम्म लस हुने अवस्था देखिएको छैन ।

अहिले कोरोना बीमा कतिको गराई रहेको छ ?

कोरोना बीमा अहिले कम भइरहेको छ ।

अहिले बन्द गरेको हो ?

बन्द त भन्न मिलेन यसलाई । हरेक दिन ५० हजार प्रमियम उठ्ने गरि कोरोना बीमा संकलन भइरहेको छ । बन्द चाहि भएको छैन । तर पहिला जसरी हौसिएका थिए सायद एक लेभलको बीमा गरेर सकिएको हो जस्तो छ ।

ननलाइफको बिजनेश घट्दै गएको छ अव मर्जरको आवश्यकता भएको हो ?

मैले अघि नै भनि सके इण्डष्ट्रिको साइज फष्ट क्वाटरमा नै बढ्यो भनिसकेपछि यसरी घटेको भनेर आँकलन गर्न मिल्दैन । व्यवसाय मात्र एउटा चिज होइन जसले मर्जरलाई आकर्षित गर्छ । मर्जरले आकर्षित गर्ने कुरामा दायित्व, रिटेन्सन, कम्पनीले राख्ने क्यापिटलको हिसावले दायित्व राख्न सक्ने क्यापासिटि अभिबृद्धिको लागि पनि हो । र अण्डरराइटिङ क्यापासिटिको लागि पनि हो । त्यसैले अहिलेको स्थितिमा व्यवसाय गर्ने सबैले मर्जरमा जानुपर्छ भन्ने स्थिति छैन । तर मर्जरमा आफ्नो क्यापासिटि विल गर्नका लागि मर्जरमा जानुपर्ने संस्थागत नियम नै हो । यसपटक हामीले बैंक तथा वित्तीय संस्थाबाट केहि सिक्नुपर्छ । जति ठूलो दायरा भयो त्यति व्यवसाय पनि बढ्दै जान्छ ।

ननलाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्व छ । यो कम भयो भनिरहेका छन्, पहिलाका अध्यक्षले पनि पुँजी बढाउने कुरा गर्नुभएको थियो । के अझै बढाउनै पर्ने हो ?

पुँजी बढाउनुभन्दा पनि सबै बीमा कम्पनीहरु १ अर्वमा सिमित भएर बसेका छैनन् । सबै कम्पनीहरुले पुँजी बढाउनुपर्छ र पुँजीलाई नै कम्पनीको डिटरमाइन गर्छ भन्ने अवधारणका साथ सबैले आ–आफ्नो पुँजीहरु बढाईरहेका छन । बोनस सेयर दिएर, एफपीओ दिएर, जसरी पनि बढाई रहेका छन् । त्यो अवस्थामा क्यापिटल नपुगेको भन्ने मलाई लाग्दैन । किनभने क्यापिटलले मात्र जोखिम ग्रहण गर्न नदिइकन बीमामा, यो पुनर्बीमामा हक र ज्योखिम हस्तान्तरण गर्ने सिस्टमले गर्दा खेरि क्यापिटल आफ्नो रिटेन्सल क्यापासिटिलाई मात्र डिटरमाइन गर्न मलाई लाग्छ ।

२ अर्वको पुँजी बनाएर कम्पनी चलाउन सकिन्छ ?

१० करोडबाट २५ करोडल भयो, त्यस बेलामा यहि प्रश्न थियो । २५ बाट १ अर्व भयो त्यस बेलामा पनि यहि प्रश्न थियो । र हामीहरु आशाबादी होऔँ पुँजी बढ्दैमा व्यावसाय गर्न नसकिने भन्ने कुरालाई हामीले नसोचौं । तर पुँजी बढाउनुपर्ने आवश्कता छ की छैन भन्ने कुरामा बृहत अध्ययन हुनुपर्छ । नेपालको २५ अर्वको नीर्जवन बीमा व्यवसायमा २० वटा कम्पनीको २० अर्व क्यापिटल भइसकेपछि अव प्रिमियम र पुँजी बराबर भएको अवस्थामा क्यापिटल बढाउनु पर्छ की पर्दैन भन्ने कुरामा गहन अध्ययन हुनुपर्छ । अन्तराष्ट्रिय एक्सिलाई पनि हेर्नुपर्छ । यो गरेपछि मात्रै आफै एक फड्को मार्छाै । कोरोनाले जनचेतना पनि बढेको छ । सधैभरि यो अवस्था रहनपनि सक्दैन । समृद्धि नेपालको बढि रहेको छ । यस्तो कोरोना कहरमा पनि नीर्जिवन बीमा उद्योगको व्यवसयामा अभिबृद्धि भएको अवस्थामा म ज्यादै नै आशाबादी रहेको छु ।

तपाइले कोरोना महामारीको समयमा जनचेतना बृद्धि भयो भन्नुभयो, तपाईहरुले भुकम्पको बेलामा पनि जनचेतना बढ्यो भन्नुभएको थियो नी ?

भुकम्पमा मैले तपाइसँग पनि कुरा गरेको थिएँ । यसले कुनैपनि जनचेतना अभिबृद्धि गर्छ जस्तो मलाई लाग्दैन भनेको थिए । किन लाग्दैन भने त्योबेलामा म्याण्डेडहरु बैंक तथा वित्तीय संस्थाहरुको लगानीको सम्पत्ति उद्योगधन्दाको व्यवसाय नीर्जिवन बीमाले जारी गर्ने प्रचलन थियो । सर्बसाधारण त्यसपटक अछुत नै थिए, अहिले पनि अछुत नै हुनुहुन्छ । एक्च्यिूअल मूल्यमा बीमा गर्नुभन्दा लोनको मूल्यमा मात्रै बीमा गर्ने प्रचलन आज पनि छ । यसले म्याण्डेटरीको रुपमा मात्रै काम गरेको हुनाले हामीलाई हौस्याएको छ ।

कोरोनाले कसरी बीमा व्यावसाय बढ्छ ?

कोरोनाले बढ्छ नी । बीमा गरिसकेपछि त्यो मापदण्ड अनुसारको दावी भुक्तानी पाउँछ भन्ने कुराको जनमानसमा छाप परेको छ ।

ननलाईफबीमाको ठूलो आम्दानीको स्रोत घटेको छ, जुन बैंकहरुमा एफडी राख्नुहुन्छ, बैंकको ब्याज पनि घटिरहेको छ । यसले कति इफेक्ट पार्छ ब्यालेन्सटिमा ?

निश्चय नै हाम्रो ठुलो भनेको बैंक तथा वित्तीय संस्थामा लागनी नै हुन्छ । तर अहिले हाम्रो सेयर बजार चाहिँ हरियो चिन्ह भएको हुनाले अहिलेलाई सब्सक्राइब गरिरहेको छ । यहि नै परिस्थिती बैंक तथा वित्तीय संस्थाको रहँदैन होला । एकचोटी फेरि नर्मल भएपछि हाराहारी १० प्रतिशतको रिटर्न बैंक तथा वित्तीय संस्थाबाट आउछ भन्ने मलाइ लाग्छ ।

लकडाउनमा बीमाको चाहि विजनेश बढेको छ ? अहिले बजार चहलपहल बढेको छ । यस्तो अवस्थामा बीमाको व्यवसाय कतिको बढिरहेको छ ?

बीमा व्यवसाय बढेकै छ । हामीले लोनको साईज पनि हेर्न सक्छौं । नयाँ गाडीको बिक्रीको साइज पनि हेर्न सकिन्छ । पुराना सम्पत्तिको नविकरण हुने नै भयो । त्यसमा केहि छुट बीमा समिति मार्फत भएको छ । सवारी साधनको बीमा बढेको निरन्तर बढेको हुनाले बढेको हुनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्