तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
२ माघ २०७७, शुक्रबार

तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । आज शुक्रबार शेयर मुल्य समायोजन हुनेमा नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन ।

शेयर मुल्य समायोजन भएको तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन भएको छ । समायोजनगरेसंगै बैंकको शेयरमूल्य १ सय ८६ रुपैयाँ तोकिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै, नेशलन लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। इन्स्योरेन्सको समायोजित शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ । बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्