युनियन लाइफको जीवन बीमा कोष ४९.८९ प्रतिशतले वृद्धि हुदाँ मुनाफा भने घट्यो, अन्य सूचांक कस्तो ? « Arthapath.com
२७ बैशाख २०७९, मंगलवार

युनियन लाइफको जीवन बीमा कोष ४९.८९ प्रतिशतले वृद्धि हुदाँ मुनाफा भने घट्यो, अन्य सूचांक कस्तो ?



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको विवरण खुद ६६.९४ प्रतिशतले घटेर २ करोड ७२ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ८ करोड २५ लाख ९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क १८ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड ८२ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सको खुद बीमा शूल्क ५ अर्ब ५ करोड ५१ लाख १५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६१.३१ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ४६ लाख ९५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सो अवधिमा १ अर्ब ४५ करोड ९७ लाख १० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ, जगेडा कोष ४९.५४ प्रतिशतले बढेर १ अर्ब ९ करोड २७ लाख २७ हजार रुपैयाँ, जीवन बीमा कोष ४९.८९ प्रतिशतले बढेर १० अर्ब ३४ करोड २९ लाख ५४ हजार रुपैयाँ, महाविपत्ती कोष ४९.५४ प्रतिशतले बढेर १२ करोड १४ लाख १४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै चैत मसान्तसम्मको कम्पनीको दिर्घकालीन लगानी तथा कर्जा १० अर्ब ४२ करोड ३० लाख १३ हजार रुपैयाँ र बीमालेखको धितो कर्जा ९५ करोड ५२ लाख ६ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्स कम्पनीले अभिकर्ता कमिशन ९६ करोड ४९ लाख ६७ हजार रुपैयाँबाट घटेर ९३ करोड ७४ लाख १६ हजार रुपैयाँ र ब्यवस्थापन खर्च ७० करोड ५० लाख रुपैयाँबाट घटेर ६८ करोड १८ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्