नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा कति ? « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि, जीवन बीमा कोषमा कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा २०.७५ प्रतिशतले घटेर २५ करोड ५६ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्ष सोहि अवधिमा इन्स्योरेन्सको खुद नाफा ३२ करोड २५ लाख ७० हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा इन्स्योरेन्सको बीमा शुल्क १७. ०४ प्रतिशतले बढेर १० अर्ब १७ करोपड ५६ लाख २५ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्स कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख २९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षका चैत समान्तसम्मको अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ४२.९३ प्रतिशतले बढेर ४ अर्ब ५ करोड ८६ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानस् २ अर्ब ८३ करोड ९५ लाख ९० हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा इन्स्योरेन्सको ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ, जगेडा का्ेष ३५ प्रतिशतले घटेर ५२ करोड ९२ लाख १८ हजार रुपैयाँ, जीवन बीमा कोष २१.९४ प्रतिशतले बढेर ४९ अर्ब ४ करोड ५७ लाख ५७ हजार रुपैयाँ र महा विपत्ती कोष १५.१६ प्रतिशतले बढेर ३३ करोड ४० लाख २ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा इन्स्योेरेन्सको दीर्घकालीन लगानी तथा कर्जा ३१ अर्ब ७० करोड २२ लाख ६७ हजार रुपैयाँ, बीमा लेखको धितो कर्जामा ७ अर्ब ५० करोड ५५ लाख ९१ हजार रुपैयाँ, ब्यवस्थापक खर्च ११.३८ प्रतिशतले बढेर ८८ करोड १२ लाख ५७ हजार र अभिकर्ता कमिशन १४ प्रतिशतले बढेर १ अर्ब १० करोड ८० लाख ५० हजार रुपैयाँ आर्जन गरेको हो ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्