रिलायन्स लाइफ इन्स्योरेन्सको मुनाफा १२ करोड, अधिकांश सुचांकमा आकर्षक सुधार « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

रिलायन्स लाइफ इन्स्योरेन्सको मुनाफा १२ करोड, अधिकांश सुचांकमा आकर्षक सुधार



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ८२.९२ प्रतिशतले बढेर १२ करोड ४ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीकाने खुद बीमा शुल्क २१.६४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ४० लाख ३० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क २ अर्ब २ करोड ५७ लाख २८ हजार रुपैयाँमा सिमित रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५४.०२ प्रतिशतले बढेर ५४ करोड ५७ लाख ७७ हजार रुपैयाँ रहको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २१ करोड ४८ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ४ प्रतिशतले बढेर २१ करोड ३७ लाख २८ हजार रुपैयाँ, महाविपत्ती कोष ५७ प्रतिशतले बढेर ३ करोड ६० लाख २८ हजार रुपैयाँ, जीवन बीमा कोष ६२ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा १०९.९७ प्रतिशतले बढेर ४३ करोड ५२ लाख ७५ हजार रुपैयाँ र अभिकर्ता कमिशन १२.०८ प्रतिशतले बढेर ३३ करोड ९० लाख २० हजार रुपैयाँ रहेको छ ।

यस अवधि कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६५ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ८९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्