हिमालयन रिइन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

हिमालयन रिइन्स्योरेन्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गरेको छ ।

यसका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी सोही सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा संचालकको पारिश्रमिक तथा भत्ता समेत निर्धारण गरेको छ ।

सोही सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्