मर्जरमा जान लागेका प्रभु र महालक्ष्मी लाइफले २१ शाखाका लागि मागे कर्मचारी « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

मर्जरमा जान लागेका प्रभु र महालक्ष्मी लाइफले २१ शाखाका लागि मागे कर्मचारी



काठमाडौं । मर्जरमा जान लागेका प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारीमा माग गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र सब-ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले २१ शाखाका लागि उक्त पदमा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी उक्त क्षेत्रमा १ वर्ष अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ३१ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्