‘विकासोन्मुख देशमा नै माइक्रो इन्स्योरेन्सको आवश्यक, पेपरलेस सर्भिसमा गार्डियन माइक्रो ‘[ अध्यक्ष उदिप श्रेष्ठको लेख ] « Arthapath.com
२९ असार २०८०, शुक्रबार

‘विकासोन्मुख देशमा नै माइक्रो इन्स्योरेन्सको आवश्यक, पेपरलेस सर्भिसमा गार्डियन माइक्रो ‘[ अध्यक्ष उदिप श्रेष्ठको लेख ]



काठमाडौं । नेपालमा बीमाको पहुँच बढ्दो क्रममा छ । तर, अझै पनि कयौैं नेपाली बीमाको दायरामा आएका छैनन् । शेषगरि गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा त बीमाको पहुँच नगन्य छ । वास्तवमा गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमाको आवश्यकता एकदमै बढी छ ।

आर्थिक रुपमा कमजोर मानिने त्यस्ता समुदायका व्यक्तिलाई बिरामी हुदाँ समेत औषधी उपचार गर्न निकै कठिन हुन्छ । घरको मुली मान्छेमा वितेमा झन समस्या हुन्छ । बाढी पहिरो लगायतका प्रकोपका कारण घर लगायतका भौतिक सम्पत्ति क्षतिग्रस्त भएमा, उनीहरुमा पुन: निर्माण गर्ने आर्थिक क्षमता पनि हुँदैन । त्योअनुसार धनाढ्य वर्गका व्यक्तिलाई भन्दा गरिब, न्यून आय भएका वर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायका व्यक्तिलाई बीमाको आवश्यकता बढी छ । तर, बीमा कम्पनीहरु व्यापार तथा नाफामा बढी केन्द्रीत हुदाँ त्यस्ता समुदायमा व्यक्ति अझै पनि बीमाको दायरामा आएका छैनन् ।

गरिब, न्यून आय भएका वर्ग तथा सिमान्तकृत समुदायले ठुलो रकमको बीमा गर्न सक्दैनन् । साना साना रकमको बीमा गर्न भने उनीहरु गर्न सक्छन् । तर, ठुला बीमा कम्पनीहरु ठुला व्यवसायको नै पछि लाग्दा त्यस्ता बर्गका मानिसहरु बीमाको सेवाबाट बञ्चित हुन परेको हो । त्यो अवस्थामा उनीहरुलाई बीमाको दायरामा ल्याउनमा लघुबीमा कम्पनीकै आवश्यकता थियो । किनकी, लघुबीमा कम्पनीहरु त्यस्तै समुदायमा लक्षित भएर व्यवसाय गर्न सक्छन् । फलस्वरुप हामीले लघुबीमा कम्पनी स्थापना गरेका हौं ।

विश्वका विकासोन्मुख देशहरुमा माइक्रो इन्स्योरेन्स धेरै लोकप्रिय छन् । भारत, फिलिपिन्स, बंगलादेशलगायतको मुलुकमा माइक्रो इन्स्योरेन्स एकदमै सफल भएको देखिन्छ । तर, नेपालमा लघुबीमा कम्पनी आएको थिएन । त्यसको अभाव देखियो । त्यसमाथि ठुला पुराना कम्पनीहरुले सिमान्तकृत समुदायमा बीमा सेवा विस्तार गरेका थिएनन् । त्यो अवस्थामा पक्कै पनि माइक्रो इन्स्योरेन्स सफल हुन्छ भनेर यस क्षेत्रमा लगानी गरेका हौं । साथै, सामाजिक सहयोगको लागि पनि यसमा लगानी गरेका हौं ।

साथै, यसमा व्यवसायको सम्भावना देखेर पनि लगानी गरेका हौं । पक्कै यसमा व्यवसायीक सम्भावना छ । ठुला बीमा कम्पनीहरुले ठुला आकारको व्यवसाय गर्नमा केन्द्रीत छन् । सिमान्तकृत, गरिबीका रेखामुनीका समुदाय बीमाको पहुँच भन्दा बाहिर नै छन् । तर, उनीहरुलाई बीमाको आवश्यकता बढी छ । तसर्थ, यसमा व्यवसायीक सम्भावना पक्कै पनि छ । तर, चुनौति पनि छ । बीमा सेवा विस्तार गर्न, लक्षित सुमदायमा जनचेतना फैलाउन चनौती छ । उनीहरुलाई बीमा बारे धेरै जानकारी पनि छैन । बल्ल त हामी स्थापना भएका छौं । त्यो अवस्थामा केही चुनौती हुन्छ । तर, हामी यसमा विश्वस्त छौं । इन्भेष्टमेन्टको रुपमा हेर्दा पनि आउने दिनमा सफल इन्स्योरेन्स कम्पनीको रुपमा स्थापित हुनेछौं ।

तर, यसमा केही चुनौती छ । नेपाल जस्तो भौगोलिक विकटता र विकासोन्मुख देशमा मुख्य चुनौति भनेकै बीमा सेवा विस्तार गर्न हो । हामी मुख्य त डिजिटलाइजेसनमा नै फोकस गरेर अघि बढ्ने छौ । माइक्रो इन्स्योरेन्सलाई पेपरलेस बनाउने हाम्रो रणनीति हो । हाम्रो टार्गेट ग्रुपलाई पहुँचमा ल्याउन नै यस्तो रणनीति बनाइएको हो । एजेन्टलाई पनि डेभलप गर्ने, तालिम दिने कार्यमा पनि हामी फोकस हुनेछौं ।

यद्यपि, यसमा सरकारको सहयोग भने चाहिन्छ । अहिलेसम्म त बीमा प्राधिकरणले सहयोग नै गरेको छ । यो त प्राधिकरणले नै दिएको अवसर हो । पहिलो पटक र नयाँ अभ्यास भएकाले चुनौतिहरु त पक्कै नै छन् । यद्यपि, फाइदा पनि छन् । विश्वका धेरै देशहरुमा भएका माइक्रो इन्स्योरेन्सको अभ्यासलाई हेर्दा पनि हामीले सफलता पाउनेछौं ।

विकासोन्मुख देशहरुमा नै माइक्रो इन्स्योरेन्सको आवश्यकता हुन्छ । यसको सफलता भने हाम्रो जस्तो देशमा अझै बढी हुन्छ जस्तो लाग्छ । तर, क्लेमहरुमा चाँहि चुनौति हुन् सक्छ । हाम्रो सम्पूर्ण कार्य पेपरलेस हुने भएकाले केही चुनौति हुन्छ कि जस्तो लाग्छ । तर, यसलाई सहज र छिटो छरितो बनाउन हामी लागि रहेका छौं, प्रयास जारी नै छ । यसमा सरकारले थप नीतिगत सेवा गर्न आवश्यक छ ।

(गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष उदिप श्रेष्ठसंग अर्थपथले गरेकोको कुराकानीमा आधारित लेख)


प्रतिक्रिया दिनुहोस्