सुर्यज्योती लाइफ इन्स्योरेन्स कर्मचारी सङ्घको मधेश प्रदेश प्रादेशिक भेला सम्पन्न « Arthapath.com
७ श्रावण २०८०, आईतवार

सुर्यज्योती लाइफ इन्स्योरेन्स कर्मचारी सङ्घको मधेश प्रदेश प्रादेशिक भेला सम्पन्न



काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कर्मचारी सङ्घको मधेश प्रदेश प्रादेशिक भेला साउन ६ गते होटल एस वर्दिवासमा सम्पन्न भएको छ । कर्मचारी संघ मदेश प्रदेश संयोजक कुसेश्वर यादवको सभापतीत्वमा उक्त भेला सम्पन्न भएको हो ।

कार्यक्रममा फीएन राष्ट्रीय समितिका मधेश प्रदेश प्रमुखसन्तोष कुमार चौधरी, सूर्यज्योति लाइफ इन्स्योरेन्स कर्मचारी संघ तथा नेपाल बीत्तीय संथा कर्मचारी संघको केन्द्रीय उपमहासचीव गीता बस्नेत तथा संघको बरीष्ठ उपाध्यक्ष सुमीत सिन्हाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा केन्द्रीय कार्य समितिले कम्पनीको प्रगती र कर्मचारीहरूको हकहितको रक्षामा सधै लागि रहेने प्रतिबद्धता ब्यक्त गरे । मधेश प्रदेशमा फिओनको गतिविधिको वारेमा फिओनका प्रादेशिक अध्यक्ष सन्तोश कुमार चौधरिले जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्