जीवन बीमा कम्पनीको व्यापार १ खर्ब ४२ अर्ब, कुनको कति ? « Arthapath.com
८ श्रावण २०८०, सोमबार

जीवन बीमा कम्पनीको व्यापार १ खर्ब ४२ अर्ब, कुनको कति ?



काठमाडौं । जीवन बीमा कम्पनीले १ खर्ब ४२ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार आर्थिक वर्ष २०७९÷०८० को असारसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

तथ्याङक अनुसार सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । बैशाख मसान्तसम्ममा कम्पनीले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीले सो अवधिमा १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रो नम्बरमा नेशनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ, चौथो नम्बरमा हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ, पाँचौ नम्बरमा सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख र छैटो नम्बरमा राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख रुपैयाँ

त्यस्तै, बीमा शुल्क आर्जन गर्नेमा क्रमशः एशियन लाइफले ७ अर्ब १ करोड ४६ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोेड ४९ लाख रुपैयाँ आर्जन गरेका छन् ।

साथै, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्