सिटिजन्स र सन नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ? « Arthapath.com
९ श्रावण २०८०, मंगलवार

सिटिजन्स र सन नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?



काठमाडौं । सिटिजन्स लाइफ र सन नेपाल लाइफले बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका छन् ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ३६ करोड ६३ लाख ३९ हजार १६० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ९ गते साँझ ५ः०३ बजेसम्म २१ हजार ३८५ जनाले १५ लाख १ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज अर्थात असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । आइपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी अनुमति पाएको थियो । जसमा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।

जसमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने जनाएको छ । आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा ३० करोड ३० लाख ६८ हजार ७३० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अर्थात साउन ९ गते साँझ ५ः०३ बजेसम्म १९ हजार ८२६ जनाले १२ लाख ६८ हजार ७० कित्ताका लागि आवेदन दिइएका हुन् ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो । आइपीओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न अनुमति पाएको हो । जसमा प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो ।

आइपीओमा अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चोन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्