अन्तिम दिनसम्म कति पर्यो सिटिजन्स लाइफको आइपीओमा आवेदन ? « Arthapath.com
१४ श्रावण २०८०, आईतवार

अन्तिम दिनसम्म कति पर्यो सिटिजन्स लाइफको आइपीओमा आवेदन ?



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ४८ करोड ७४ लाख ५५ हजार ८८० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन १४ गते साँझ ५ः०५ बजेसम्म २८ हजार ६७० जनाले १९ लाख ९७ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् ।

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (साउन १४ गते) अन्तिम दिन रहेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । आइपीओमा साउन १४ गते (आज) आवेदन दिने अन्तिम दिन रहेको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी अनुमति पाएको थियो । जसमा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्