हकप्रद प्रस्ताव पारितका लागि एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा आज « Arthapath.com
१५ श्रावण २०८०, सोमबार

हकप्रद प्रस्ताव पारितका लागि एनएलजी इन्स्योरेन्सको विशेष साधारण सभा आज



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आज अर्थात साउन १५ गते बस्दैछ। असार २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा साउन १५ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे बस्ने आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०।५ रुपैयाँलाई वृद्धि गरी २ अर्ब ४२ करोड २३ हजार ९७ हजार ८१२।२३ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको चुक्तापुँजी हकप्रद बिक्रीपछि वृद्धि हुने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ८ गते बुकक्लोज गर्ने भएको छ । साउन ८ गतेभन्दा अघिल्ला दिनसम्म कायम सेयरधनीहरु कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्