पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न प्राधिकरणको निर्देशन « Arthapath.com
१६ श्रावण २०८०, मंगलवार

पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नयाँ बीमालेख लागू नहुने बेलासम्मका लागि पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुलाई एक सर्कुलर जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । प्राधिकरणले पशुधन बीमा अन्तर्गत विभिन्न प्रजातिका बीमा समेट्न भनेको छ ।

प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी बीमा अन्तर्गत पशुपन्छी बीमा तर्फ पशुधन बीमालेख संशोधन गरको छ ।

प्राधिकरणका अनुसार उक्त पशुधन बीमालेखले सुंगुर, बंगुर, खच्चड तथा पशुश्रमका लागि प्रयोग गरिने प्रजातिलाई नसमेटिएको र त्यस प्रजातिको लागि छुटै बीमालेख निर्माण भइरहेको छ । नयाँ बीमालेख लागू नहुने बेलासम्म पशुधन बीमा अन्तर्गतका विभिन्न प्रजातिको बीमा र नविकरण गर्न प्राधिकरणले भनेको हो ।


प्रतिक्रिया दिनुहोस्