कर्मचारी प्रोत्साहनमा तत्पर हिमालयन एभरेष्ट, एकै पटक गर्यो उत्कृष्ट १६ जना कर्मचारीलाई सम्मान « Arthapath.com
२२ पुष २०८०, आईतवार

कर्मचारी प्रोत्साहनमा तत्पर हिमालयन एभरेष्ट, एकै पटक गर्यो उत्कृष्ट १६ जना कर्मचारीलाई सम्मान



काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आफ्ना व्यावासायिक लक्ष्य हासिल गर्न सफल १६ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरेको छ । ललितपुरको पुल्चोक स्थित एक होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उक्त कर्मचारीहरुलाई सम्मानित र पुरस्कृत गरिएको हो ।

समारोहमा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह तथा कम्पनीका उच्च पदस्थ कर्मचारीहरु लगायतको उपस्थिति थियो । नेपालको बीमा बजारमा आफ्नो उत्कृष्ट स्थान बनाउन प्रयत्नरत हिमालयन एभरेष्ट ईन्स्योरेन्स कम्पनीको प्रायः सबै आर्थिक सुचांङ्कहरु प्रगति उन्मुख रहेका छन् ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले आफ्ना कर्मचारीहरुलाई संधै उत्प्रेरित र हौशला प्रदान गर्दै जाने बताउदै पुरस्कृत र सम्मानित कर्मचारीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । समरोहमा सम्मानित कर्मचारीहरुको तर्फबाट गोविन्द खड्का तथा मुना थापाले यस्ता कार्यक्रमबाट आफूहरु अझ उत्साहित भएको र यसबाट आफूहरुमा थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वागत मन्तव्य दिए भने कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीका कर्मचारीहरुलाई उत्साहित र उत्प्रेरित गर्ने सम्बन्धमा संचालक समिति सदैव तत्पर रहेको बताउँदै सम्मानित कर्मचारीहरुलाई आगामी दिनहरुमा अझ उत्कृष्ट कार्य गर्दै कम्पनीको उन्नती प्रगतिमा अझ बढि योगदान प्राप्त हुने अपेक्षा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्