नाफामा तगडा देखियो सूर्यज्योति लाइफ, ६ महिनामा कुल बीमाशुल्क ६०% ले बढ्यो « Arthapath.com
२२ माघ २०८०, सोमबार

नाफामा तगडा देखियो सूर्यज्योति लाइफ, ६ महिनामा कुल बीमाशुल्क ६०% ले बढ्यो



काठमाडौँ । सूर्यज्योति लाइफले मर्जरको सिनर्जी प्राप्त गरेको छ । कम्पनीले आज वित्तीय विवरण प्रकाशित गर्दै नाफामा ६३ प्रतिशतले बढाएको जनाएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको ६ महिनामा नाफा बढेको देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा खुद नाफा २३ करोड ६६ लाख रुपैयाँ पु¥याउन सफल रहेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९÷८० को सोही अवधिसम्मको तुलनामा ६२.९३ प्रतिशतले बढाएको हो । कम्पनीले अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै बीमा शुल्कमा पनि वृद्धि गर्न सफल भएको छ । दोस्रो त्रैमाससम्म  ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क सङ्कलन गरेको थियो ।

यस वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब १५ करोड ७१ लाख खुद बीमाशुल्क सङ्कलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ५४ करोड १२ लाख मात्र खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६३.५९ प्रतिशतले बढेको छ ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३३ करोड १३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्