दोहोरो अंकले बढ्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा, १ अर्ब ३९ करोड दाबी भुक्तानी « Arthapath.com
२९ माघ २०८०, सोमबार

दोहोरो अंकले बढ्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा, १ अर्ब ३९ करोड दाबी भुक्तानी



काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सको नाफा दोहोरो अंकले वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा कम्पनीले २० करोड ८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १५.९७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने सामान्य वृद्धि भएको छ । ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ छ । यो गत वर्षको तुलनामा भने ७६ करोड ३० लाख १० हजार रुपैयाँ आर्जन गरेको थियो ।

तर, कम्पनीको दाबी भुक्तानी भने ४७.१५ प्रतिशत भएको छ । गत पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी दिएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो भुक्तानी ९५ करोड ८ लाख रुपैयाँ मात्रै थियो ।

समिक्षा अवधिमा कम्पनीले कमिसन मार्फत २१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । यता, लगानी तथा कर्जाबाट भने २० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब २३ करोड ९४ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । तर, कुल खर्च भने ९५ करोड २५ लाख २६ हजार रुपैयाँ मात्रै छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ २५ करोड ६५ लाख र अन्य इक्विटी ४२ करोड १६ लाख रुपैयाँ छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ४५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्